Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम


    मंगलबार, असोज ८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । श्रीलंकाका लागि राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । भट्टराईले स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि नाम फिर्ता लिएका हुन् ।

    भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर संसदीय सुनुवाइ विशेष समितिमा पत्र पठाएका छन् ।

    समितिको आजको बैठकले उनको नाम अस्वीकृत गर्ने तयारी गरेको थियो । यसअघि आइतबार  र सोमबार पनि सुनुवाइ समिति बैठक बसेको थियो तर दुई तिहाइ सांसद उपस्थित नभएकोले निर्णय गर्न सकेको थिएन ।

    समितिले प्रस्तावित १७ राजदूतमध्य ३ असोजमा १६ जनाको नाम अनुमोदन गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार