Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्यानडा पठाइदिने भनी १८ लाख ठगी गर्ने भण्डारी पक्राउ


    आइतबार, असोज ६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा गोरखा आरूघाट गाउँपालिका-१० घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बस्ने ३४ वर्षीय रामहरि भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    भण्डारीले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १८ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुन्दरीजलबाट पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार