Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मिस्टर काठमाडौंको उपाधि जितेको चार दिनमै प्रकाशको निधन


    बुधबार, असोज २ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ ।

    गत शनिबारमात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय उनको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो ।

    स्वास्थ्यमा समस्या भएपछि तत्काल धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्‍याइएको थियो । तर, उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।

    मोरङको पथरी १ घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौं जितेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार