धनगढी । आर्थिक वर्ष सुरू भएको दुई महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ ।
असार एक गते प्रदेश सभामा प्रस्तुत भएको विनियोजन विधेयेक फिर्ता लिँदै प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सोमबार आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले ल्याएको बजेटमा पुँजीगत तर्फ १८ अर्ब ७६ करोड २४ लाख अर्थात् ५९ दशमलव ३२ प्रतिशत् र चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख अर्थात् ४० दशमलव ६५ प्रतिशत विनियोजन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सभाका विपक्षी दलहरू माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले भने बजेट भाषण बहिस्कार गरेका थिए । विपक्षीको विरोधका कारण प्रदेश सभा बैठक केहीबेर अवरुद्ध समेत भएको थियो । असार एक गते नै आउनुपर्ने बजेट अहिले ल्याउनु संविधान र कानुनको विपरीत भएको भन्दै माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रदेशसभामा नाराबाजीसमेत गरेका थिए ।
कमलबहादुर शाह नेतृत्वको सरकारले सोही बजेटलाई हेरफेर गरी आकार केही बढाएर सोमबार प्रदेश सभामा प्रस्तुत गरेको हो ।
दीर्घ सोडारी नेतृत्वको तत्कालीन सरकारले ल्याएको बजेट पारित नहुँदा सुदूरपश्चिम प्रदेश साउन १ गतेदेखि बजेट शून्यतामा गएको थियो । अध्यादेश ल्याएर राजश्व उठाउने बाटो खोलिए पनि सरकारी खर्च ठप्प थियो भने कर्मचारीले तलब पनि खान पाएका थिएनन् । कांग्रेस एमालेको नयाँ समीकरण बनेसँगै समर्थन फिर्ता लिएर एमाले सरकारबाट बाहिरिएपछि दीर्घ सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट अलपत्र परेको थियो ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend