Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाइते


    सोमबार, भाद्र ३१ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रौतहट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा बसको अगाडिको पट्टा भाँचेर आज बिहान यात्रुवाहक  दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ।

    काँकडभिट्टाबाट दाङका लागि गएराति १ बजे खुलेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर पल्टिँदा बसमा सवार सबै घाईते भएका थिए । घाइतेहरुको निजगढस्थित सामुदायिक प्रसूतिगृह अस्पतालमा ३४ जना र सि।टी अस्पतालमा ९ जनाको उपचार भइरहेको छ ।

    प्रसूतीगृहमा उपचाररतमध्ये  ६ जना र सि।टी अस्पतालमा उपचाररतमध्ये २ जना गरी ८ जना बिरामीको अवस्था गम्भीर रहेको  इलाका प्रहरी कार्यालय निजगढका इन्सपेक्टर सुमित कुश्वाहाले बताएका छन् ।

    उक्त बसको अगाडिको पट्दा भाँचेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार