Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चोलेन्द्रले सफाइ दिएका इन्स्पेक्टरको तुजुक, प्रहरीलाई भिडियो खिच्न लाउँदै टिकटकमा रमाउँदै


    आइतबार, भाद्र ३० २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टीङ अप्रेसनमा नियन्त्रणमा लिएका करिब ४ सय जनालाई सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले एकैपटक सफाइ दिने आदेश दिएपछि पुनर्वहाली भएका एक प्रहरी निरीक्षकले पछिल्ला दिनमा चटक देखाउन थालेका छन् ।

    प्रहरी बृत्त बानेश्वरको मुद्दा फाँटमा कार्यरत इन्स्पेक्टर सुशोभन श्रेष्ठले विभिन्न कामले आउने सेवाग्राहीहरुको सम्पर्क नम्बर माग्ने, फोन गर्ने जस्ता हर्कत देखाउँदैआएको आरोप छ । त्यतिमात्र होइन, उनले बृत्तको हिरासतमा रहेका महिला कैदीहरुलाई राति १० बजे बोलाएर अनेक तरहले ह्यारेसमेन्ट गर्ने गरेको आरोप पनि लागेको छ ।

    त्यतिमात्र होइन, उनले एक प्रहरी जवानलाई आफ्नो घुमुवा भएको घोषणा गरेका छन् । तर ती जवानको काम भने इन्स्पेक्टर श्रेष्ठको भिडियो खिच्ने रहेको छ । जुन भिडियो श्रेष्ठले फेसबुकको रिलदेखि टिकटकमा हाल्ने गरेका छन् ।
    इन्स्पेक्टर श्रेष्ठलाई अख्तियारको सुर्खेत कार्यालयको टोलीले १५ हजार घुससहित नियन्त्रणमा लिएको थियो ।

    इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतको प्रमुख रहेका इन्स्पेक्टर श्रेष्ठ र प्रहरी जवान तिलक लामिछानेले सुनचाँदी पसल चोरी भएकोमा चोर पक्राउ गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीबाट घुस रकम माग गरेको सूचनाको आधारमा आयोगको कार्यालय, सुर्खेतबाट खटिएको टोलीले पञ्चपुरी नगरपालिका वडा नं २ स्थित प्रहरी चौकी सालकोटको परिसरबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

    अख्तियारले इन्स्पेक्टर श्रेष्ठसहित दुबै जनालाई विशेष अदालतमा मुद्दा दायर गरेकोमा विशेषले ठहर गरेको थियो । तर सर्वोच्च अदालतमा चोलेन्द्रशमशेर प्रधानन्यायाधीश भएपछि अख्तियारको पैसा दिएर घुसमा दिएर पक्राउ गर्न नपाउने आदेशपछि श्रेष्ठले सफाइ पाएका थिए । सफाइ पाएपछि महाराजगंजको २ नम्बर गणमा खटिएका उनी केही समयअघि बानेश्वर बृत्तमा सरुवा भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार