Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनदबाबसामु झुके लुम्बिनीका बनमन्त्री कुर्मी, दिए राजीनामा


    बुधबार, भाद्र २६ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । लुम्बिनी सरकारमा वन तथा वातावरणमन्त्री बनेका बादशाह कुर्मीले राजीनामा दिएका छन् ।

    कुर्मीविरुद्धको आन्दोलन चर्किँदै गएपछि पार्टी सभापति शेरबहादुर देउवाले उनलाई राजीनामाको लागि निर्देशन दिएका थिए ।

    कुर्मीले मंगलबार राजीनामा दिएका हुन् । कुर्मीमाथि बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप छ । मन्त्री कुर्मीलाई बर्खास्त गर्न काठमाडौंमा आन्दोलन भइरहेको छ ।

    त्यसो त लुम्बिनीमा गुण्डानाइके रोज राणा उर्फ सरोज थापालाई पनि नेपाली कांग्रेसले सहरी विकास तथा खानेपानी मन्त्री बनाएको छ । उनका बिरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौका तत्कालीन एसएसपी रमेश खरेलले मानव बेचबिखनमा मुद्दा चलाएका थिए । उनलाई मुख्यमन्त्री चेतनारायण आाचार्यले परराष्ट्रमन्त्री आरजु राणाको दबाबमा मन्त्री बनाएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार