काठमाडौँ । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको नेपाल सटल टाईम मिनी टुर्नामेन्ट २०२४ मा यु–१५ पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सुदेश राजकोटी र महिलातर्फ मध्यपुर ब्याडमिन्ट एकेडेमीकी स्वरिना श्रेष्ठले जित हात पार्दै स्वर्ण पदक प्राप्त गरेका छन् ।
ब्याडमिन्टन खेलप्रति आकर्षण गर्दै बिश्वब्यापी रुपमा ब्याडमिन्टन खेलको विकास गर्ने उद्धेश्यले बिश्व ब्याडमिन्टन महासंघले संचालन गरेको सटल टाईम मिनी टुर्नामेन्ट २०२४ एकदिने प्रतियोगितामा पुरुष तर्फ भोजपुरका सदीप राई दोश्रो र आर्मीका रिजन मगर एवं धन्यतरीका सत्यम कार्की संयुक्त तेश्रो हुँदै रजत तथा कास्य पदक प्राप्त गरेका छन् ।
महिलातर्फ सिन्धुपाल्चोककी अस्ना श्रेष्ठले रजत प्राप्त गर्दा आर्मीकी युनिशा गुरुङ्ग र केबिसीकी प्रेनेशा श्रेष्ठले संयुक्त कास्य प्राप्त गरे । भक्तपुर सिपाडोलस्थित भादगाउँ स्पोर्टस् क्लबको कभर्डहलमा भएको प्रतियोगिताको यु – १२ ब्वाईज तर्फ नेपाल पुलिस स्कुलका प्रनिश कार्कीले आर्मीका दीप थिङ्गलाई पराजित गर्दै स्वर्ण हात पारे ।
नेपाल पुलिस स्कुलका सिद्धान्त श्रेष्ठ र जेनिश तामाङ्ग संयुक्त तेश्रो हुँदै कास्य जित्न सफल भए । गल्र्स तर्फ आर्मीकी अजरेन्का शेरचनले आश्रुती कार्कीलाई पराजित गर्दै स्वर्ण जितिन् । केबिसीकी रेन्शा श्रेष्ठ र काभ्रे ब्याडमिन्टनकी दिवा श्रेष्ठ संयुक्त तेश्रो हुँदै कास्य पाए ।
नेपाल ब्याडमिन्टन संघका पूर्व अध्यक्ष प्रकाश बहादुर शाहीले उद्घाटन गरेको प्रतियोगिताका बिजयी खेलाडीहरुलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, नेपालका लागि योनेक्सका आधिकारीक विक्रेता योनेक्स सनराईजका प्रोपाईटर राजु बास्तोला, संघका पदाधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा पुरुष तर्फ ५५ र महिला तर्फ २५ खेलाडीहरुले सहभागिता जनाएका थिए ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend