Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित


    बुधबार, भाद्र १२ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छन् । राईले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् ।

    हालसम्मको मतगणनाअनुसार राईले १५७ मत पाएकी छन् भने झाँक्रीले ८२ मत प्राप्त गरेकी छन् । गणना हुन बाँकी मतभन्दा राईको अग्रता बढी भएपछि उनी विजयी हुने निश्चित भएको हो । राई यस अघि पनि एकीकृत समाजवादीको उपाध्यक्ष नै थिइन् ।

    मतगणनाको अन्तिम परिणाम भने आइसकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार