Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • भीआईपी महिला प्रहरी खोरमा, प्रहरी हाकिमको नाम लिंदै छुट्ने प्रयास


    शुक्रबार, भाद्र ७ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रहरीका उच्च अधिकारीसँग घनिष्ट सम्बन्ध भएकी र नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा प्रहरीका सरुवा बढुवा समेत गराउनसक्ने सपना लामिछाने हिरासतमा पुगेकी छन् । डीएसपी, एसपी र एसएसपीको सरुवा बढुवा नै गराउने हैसियत भएकी ती महिलाको नारायणकाजी गृहमन्त्री हुँदाको चुरीफुरी प्रहरीका धेरैले बयान गर्ने गर्थे । तिनै महिला आफैं प्रहरीको हिरासतमा पुगेकी छन् ।

    प्रहरी बृत्त महाराजगंजले उनलाई अपराधिक उपद्रवको जाहेरी परेपछि शुक्रबार पक्राउ गरेको छ । सिर्जना बस्नेतले अपराधिक उपद्रवको जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडांैका प्रवक्ता नवराज अधिकारीले बताए ।

    काठमाडौंको महादेवस्थान कोटेश्वरमा एउटा घर सिंगै लिएर रेष्टुरेन्ट संचालन गर्दैआएकी लामिछानेको एक पुरुषसँग परिचय हुन पुग्यो । समयक्रममा उनीहरु नजिकिए । सम्पत्तिवाला छन् भन्ने थाहा पाएकी उनले ती पुरुषसँग दोहन गर्न थालिन् । धेरै नै माग गर्न थालेपछि उनी विस्तारै टाढिए । आफूबाट टाढिनासाथ लामिछानेले उनलाई बिहे गर्छु भनेर शोषण गरेको जाहेरी दिइन् । प्रहरीले ती पुरुषलाई पक्राउ त गर्यो, तर अभियोग पुष्टि नभएपछि तीन महिनामा अदालतबाट छुटे । अदालतबाट छुटेर आफ्नै किसिमले बस्न थालेका ती पुरुष र उनीसँग बस्ने महिलालाई धेरै नै तनाव दिन थालेपछि उनका बिरुद्ध सिर्जना बस्नेतले अपराधिक उपद्रवमा महाराजगंजमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

    प्रहरीले पक्राउ गरिसकेपछि लामिछानेले आफ्नो एआईजीदेखि प्रहरीका उच्च अधिकारीहरुसँग पहुँच देखाउँदै छुट्ने प्रयास समेत गरेको प्रहरी स्रोत बताउँछ । छुट्ने प्रयास असफल भएपछि उनी हिरासतमा नबसी बिरामी भएको डाक्टरको सिफारिस बनाउन लगाई अस्पतालमा जाने दाउमा प्रहरीका हाकिमहरुलाई भनसुनमा लागेकी छन् । उनले २ एसपी र एक एआईजीको नामै लिएर अस्पतालमा बस्ने वातावरण मिलाउने दाउमा लागेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार