Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कमला पुल निर्माणको सहमतिपछि आमरण अनसन स्थगित


    शुक्रबार, भाद्र ७ २०८१
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । धनुषा र सिरहा जोड्ने नयाँ कमला पुल निर्माणका लागि जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि आमरण अनसनमा बसेका अभियन्ता र प्रदेश सरकारबीच सहमति भएको छ ।

    दुवै पक्षबीच चारबुँदे सहमतिलगत्तै अनसनकारीहरूले आन्दोलन स्थगन गरेका छन् । मुख्यमन्त्री सतिशकुमार सिँहको उपस्थितिमा आन्दोलनकारीहरूले जुस खाएर अनसन स्थगन गरेका हुन् ।

    सहमतिअनुसार नयाँ कमला पुलको निर्माण गरिने, नयाँ कमला पुलका लागि आवश्यक बजेट आव.२०८/२०८३ को वार्षिक बजेट सघ सरकारबाट प्राप्त नभएमा सम्पूर्ण बजेट मधेश प्रदेश सरकारको स्रोतबाट बेहोरिने र यसै वर्षको मंंसिर १ गतेभित्रमा पुल निर्माणको डिपिआर तयारीका लागि बोलपत्र आह्वान गरिने उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार