बर्दिबास । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी(मधेश प्रदेश)का डीआईजी कालीदास धौबजीले संगठनभन्दा बाहिरका एक बिचौलियालाई प्रयोग गरी भन्सारछली (तस्करी)का सामान ओसापसार गर्ने ब्यापारीहरुसँग दररेट असुल्ने गरेका छन् ।
स्रोतका अनुसार ‘कन्ठारा’ उपनामले चिनिने भनोज मिश्रले डीआईजी धौबजीको घुमुवा हुँ भनेर महोत्तरीका नाका नाकाबाट सामान आयात निर्यात गर्ने ब्यापारीहरुसँग दररेट तोेकेर माग्ने र नदिनेहरुको गोदाममा छापा हान्न लगाउने गरेको आरोप छ । यसअघि महोत्तरीका एसपी प्रकाश मल्ल र राष्ट्रिय अनुसन्धानका प्रमुखको बिचौलियाका रुपमा मिश्रको नाम आएपछि उनी विवादमा परेका थिए । जिल्ला प्रहरी कार्यालयमा उनलाई निषेध भएपछि उनले सशस्त्र प्रहरीको मधेश प्रदेशका तत्कालीन डीआईजी चन्द्रप्रकाश गौतमको बिचौलियाको काम गर्न सुरु गरे ।

हाल सशस्त्र मुख्यालयमा कार्यरत एआईजी गौतमसँग अहिले पनि उनको सम्बन्ध गाढा रहेको स्रोत बताउँछ । त्यही सम्बन्धका आधारमा धौबजीसँग उनले महोत्तरीको नाका नाकामा डीआईजीको घुमुवा हुँ भनेर ब्यापारी तर्साउने गर्दैआएका छन् । उनले भनेअनुसार दररेट नदिए डीआईजी प्रयोग गरी छापा हान्न समेत लगाउने गरेको गुनासो एक ब्यापारीले गरेका छन् ।
मिश्रले जलेश्वर नाकाबाट कपडा भित्र्याउने विपिन, इटहर्वा कटट्ीबाट चामल ल्याउने जितु, वीरेन्द्र र प्रमोद, सम्सी नाकाबाट प्याज आयात गर्ने भूखमरुवा र बालासँग पनि डीआईजीको नाम लिएर तस्करीको लाइन दिएको भनेर दररेट असुली गर्दैआएको आरोप छ ।
त्यसैगरी सम्सीबाट गाईगोरु भारत पठाउने रियाज, जनरल सामान कारोबारी कालिया र नन्दुसँग प्याजको लाइनबापत मासिक दररेट लिने गरेको स्रोतको दाबी छ ।
भिट्टामोडबाट कपडाको आयात गर्ने सोनु र बथनाहा नाकाबाट सूर्ती र जनरल जनरल सप्लायर्स भित्र्याउने सरीफुललाई पनि मासिक दररेट तोकिएको छ । सशस्त्र मुख्यालयका एआईजी गौतमसँग सम्बन्ध देखाएर डीआईजी धौबजीसँग हिमचिम बढाएका मिश्रले यी सबै कारोबारीसँग ५ हजारदेखि २५ हजार रुपैयाँसम्म तस्करीको लाइन दिएबापत उठाउँदैआएको स्रोत बताउँछ ।
सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीका प्रमुखको घुमुवा हुँ भनी मिश्रले ब्यापारी तर्साउने र असुल्ने गरेकोबारेमा डीआईजी कालीदास धौबजीले भने–मैले पनि सुनेको हुँ । तर मेरो त्यो नामको मान्छेसँग चिनजान समेत नभएको बताए । धौबजीले भने–‘त्यसरी मेरो नाममा ब्यापारीसँग रकम असुली गरिएको कुनै तथ्य भए दिनुस्, म कारबाही गर्छु ।’
त्यसो त आईजीपी राजु अर्यालले २ बर्षअघि बदनाम भएपछि १८ नम्बर गण चोभार सरुवा गरिसकेपछि जागिर छाडेका सशस्त्रका पूर्वहवल्दार आत्माराम पटेललाई पनि डीआईजी धौबजीले घुमुवाका रुपमा परिचालन गरेको स्रोत बताउँछ । पटेलसहित सशस्त्रका ४ घुमुवालाई तत्कालीन छिन्नमस्ता बाहिनीका बाहिनीपति गणेश ठाडामगरको घुमुवा भएको समयमा हतियार तस्करी काण्डमा मुछिएपछि इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराले २०७९ जेठमा पक्राउ पूर्जी जारी गरी बयान लिएर हाजिर जमानीमा छाडेको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend