Nepal Face
  • आइतबार, १० साउन २०८३
  • परराष्ट्रमन्त्री डा. राणा आज भारत भ्रमणमा जाँदै


    आइतबार, भाद्र २ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत भ्रमणमा जादै छिन् । २२ अगस्तसम्म हुने उनको भारत भ्रमण परराष्ट्रमन्त्री बनेपछिको पहिलो विदेश भ्रमण हो ।

    भारतका विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनले यो औपचारिक भ्रमण गर्न लागेकी हुन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री डा. राणाले भारतका विदेशमन्त्री डा जयशंकरसँग भेटवार्ता गरी नेपाल–भारत सम्बन्धलाई थप सुमधुर बनाउन र सहयोग अभिवृद्धिमा पारस्परिक हितका विषयमा छलफल गर्नेछिन् ।

    साथै यस भ्रमणले नेपाल र भारतबीचको उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको एक हिस्साको रूपमा सदियौंदेखिको पुरानो, गहिरो र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    उनको भ्रमणको क्रममा अन्य उच्चस्तरीय भेटवार्ता समेत हुने बताइएको छ । उनी भ्रमण पुरा गरि विहिबार स्वदेश फर्किने तालिका रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार