Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सोलुखुम्बुको थामेमा पोखरी फुटेर बाढी आएको पुष्टि


    शनिबार, भाद्र १ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ थामेमा आएको बाढी पोखरी फुटेर आएको पुष्टि भएको छ ।

    बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोलीले हेलिकप्टरमा गरेको अनुगमनका क्रममा पोखरी फुटेर बाढी आएको पुष्टि भएको हो । अनुगमनपछि अब थप बाढीको कुनै खतरा नभएको समेत देखिएको छ ।

    सोलुखुम्बुको थामे खोलामा शुक्रबार लेदोसहितको बाढी आउँदा एक विद्यालयसहित १४ घर बगाएको थियो ।

    बाढीबाट प्रभावित ९३ जनालाई नजिकको सामुदायिक भवनमा तत्कालका लागि स्थानान्तरण गरिएको र  नेपाली सेनासहितको सुरक्षा फौज र स्थानीय जनप्रतिनिधिको सहयोगमा त्यस क्षेत्रमा उद्धार र राहतको काम भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार