भक्तपुर । भक्तपुरको गठ्ठाघर दुर्घटनाको सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार छानबिन समिति गठन गरेको छ ।
बिहीबार दिउँसो गठ्ठाघर चोकनजिकै ना६ख २१७३ नंको ट्रकले बा३९प ८९४४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा चिशङ्खुगढी गाउँपालिका‐४ खहरे स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको नेतृत्वको बैठकले सरोकारवालासँग छलफल गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नेगरी सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्रप्रसाद निरौलाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिको सदस्यमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी नायब उपरीक्षक राजन कार्की, यातायात व्यवस्था विभाग सवारी चालक अनुमतिपत्र राधेराधे कार्यालयका उत्तम बस्नेत र नागरिक समाजका तर्फबाट मृतकका आफन्त पर्ने तुलसीहरि कोइराला छन् ।
यसअघि आजै गठ्ठाघरमा भएको घटनाको छानबिन गर्न प्रहरीले पनि छानबिन समिति गठन गरिसकेको छ । गृहमन्त्री रमेश लेखकको निर्देशनपछि उपत्यका प्रहरी कार्यालयका एसपी प्रदीप केसीको नेतृत्वमा छानबिन समिति बनाएर आजदेखि काम सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend