काठमाडौं । सञ्चार क्षेत्रको प्रवद्र्धन र प्रभावकारिताका लागि प्रेस काउन्सिल नेपालले रचनात्मक पत्रकारिता अभियानलाई देशव्यापी बनाउने भएको छ ।
हरेक क्षेत्रमा नकरात्मकता छाएको र सामाजिक सञ्जालले त्यसमा मलजल गरेको निष्कर्ष साथ काउन्सिलले फरक धारको पत्रकारिताका लागि विभिन्न काम गरिरहेको जानकारी दिएको हो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा आशा जगाई हरेक काममा प्रभावकारिता ल्याउन फरक धारको पत्रकारिता जरुरी भएको बताउनुभयो ।
विभिन्न लेखक एवं सञ्चारकर्मीहरुसँग सोमबार काउन्सिलमा भएको अन्तक्र्रियामा अध्यक्ष बस्नेतले भन्नुभयो, हरेक क्षेत्र, व्यक्ति, संस्था असफल भएको भाष्य निर्माण गर्न जानीनजानी मिडिया क्षेत्र पनि लागेको देखिएको छ । सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छ । यो बेला मिडियाले रचनात्मक र सृजनात्मक पत्रकारिता गरी गलत भाष्यलाई चिर्नुपर्ने जरुरी भएको छ ।
अध्यक्ष बस्नेतले समाजमा देखिएका वेथिति र समस्यालाई प्रश्न उठाउनुपर्ने र पत्रकारले त्यसमा समाधानका विकल्पहरु समेत औंल्याउनुपर्ने सुझाव दिए ।
अब यो भएन, त्यो भएन भन्ने प्रश्न मात्र त सामाजिक सञ्जालबाटै आम मानिसले उठाउन सक्छन् । सञ्चारकर्मीले त्यो भन्दा माथि उठि, रचनात्मक भई समाधनका विकल्पहरु पस्किनुपर्छ । सबैतिर नकरात्मकता र नैराश्यता पक्कै छैन । आशाको बाटो डोर्याउने काम समेत पत्रकारिताको हो, अध्यक्ष बस्नेतले भन्नुभयो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend