Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलको बैठक आज बस्दै


    बिहिबार, साउन १७ २०८१
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक आज बस्दै छ ।

    आज बिहान साढे सात बजे सिंहदरबारस्थित गृह मन्त्रालय बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा रहेका छन् ।

    कार्यदलमा अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि छलफल केन्द्रित गर्ने गरि गत सोमबारको बैठक सकिएको थियो ।

    कार्यदलले पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने प्रयास गरिरहेको छ । कार्यदलले सहमति गरेपछि सो प्रतिवेदन शिर्ष नेताहरुलाई बुझाउने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार