Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोरखा धार्चेको पहिरोमा बेपत्ता चार जनाको शव भेटियो


    सोमबार, साउन १४ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका-५, सिङ्लास्थित रेसेफाँटमा पहिरोमा परी बेपत्ता भएका चार जनाको शव फेला परेको छ ।

    सोमबार नेपाली सेनासहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा भएको खोजी कार्यमा चार जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ ।

    शनिवार राति भीषण पहिरामा पाँच जना बेपत्ता भएका थिए । बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार