काठमाडौं । दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको तर्फबाट क्षमापूजा गरिएको छ ।
दोलखा भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्र र जनतामा अनिष्ट हुने जानविश्वास छ । भीमेश्वरको शीलामा पसिना आउँदा राजतन्त्रकालमा दरबारले पञ्चवली पठाउने चलन थियो । गणतन्त्रपछि त्यो परम्परा छाडेर भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्रपतिलाई महाप्रसाद पुर्याउने, राष्ट्रपतिले भेटिघाटी दिने तथा साइत निकालेर राष्ट्रपतिकै नाममा क्षमापूजा लगाउने प्रचलन रहिआएको छ ।
सोही परम्पराअनुसार राष्ट्रपतिको कार्यालयको तर्फबाट प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल कर्ता बसेर धार्मिक विधि अनुसार रुद्री र होम गरिएको हो । क्षमा पुजामा ११ जना पुरोहितले लघुरुद्री पाठ, यज्ञ होम, ग्रह पूजा र मुलुकमा शान्तिको कामनासहित माङ्गलिक दोष शान्तिपूजा गरिएको थियो । क्षमापूजाको सबै खर्च सरकारले ब्यहोर्ने बताइएको छ ।
दोलखा भीमेश्वरको शीलामा गत साउन ५ गते र लगत्तै साउन ९ गतेपनि पसिना आएको थियो । भीमसेनको शिलाको बाँया भागबाट पसिना आउँदा अनिष्टको संकेत मानिन्छ । शीलाको दाँया भागबाट पसिना आउँदा भने शुभ संकेत मानिन्छ । गत साउन ५ गते शिलाको बाँया भागबाट र ९ गते शीरबाट पसिना आएको थियो ।
यसअघि वि.सं.१९९०, १९९७, २००७, २०१७, २०३६, २०४६, २०५७, २०६४, २०७२, २०७७, २०७८ मा भीमसेनको शिलाको बाँया भागबाट पसिना आएको थियो ।
यी समयको आसपासमा ठूला राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति र अन्य दुःखदायी घटना भएको इतिहास छ । भीमसेनलाई आएको पसिनाले ती घटनाहरुको पूर्वसंकेत गरेको जनविश्वास रहँदै आएको छ । भीमेश्वर मन्दिर व्यवस्थापन समितिको तर्फबाट दुई जोर कालो बोकासमेत बली दिइएको थियो ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend