Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता


    शुक्रबार, साउन ११ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • भैरहवा ।  बुधबार भएको सौर्य एयरलायन्सको हवाई दुर्घटनाका मृतकलाई एयरलायन्सले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।

    सौर्य एयरलाइन्स प्रा.लि.ले एक विज्ञप्ति जारी गर्दै अकल्पनीय जहाज दुर्घटनामा परि दिवंगत भएकोमा हामी अत्यन्त मर्माहत र भावविह्वल भएको उल्लेख गर्दै संस्थाले सधै जिवन्त एवं चीरस्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास दिलाएको छ ।

    अध्यक्ष दिपक कमार पोखरेलद्वारा हस्तक्षरित विज्ञप्तिमा सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उहाँहरुले निष्ठापूर्वक पुर्याएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सदभाव सधैं रहने विश्वास दिलाएको उल्लेख गरेका छन् ।

    अध्यक्ष पोखरेलले प्रतिष्ठित विज्ञहरुको क्षतिको कल्पना नै गर्न नसकिने उल्लेख गर्दै कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको भन्दै दुःख प्रकट गरेका छन । साथै उपचाररत क्याप्टेन मनिष शाक्यको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार