रौतहट । रौतहटको गुजरा नगरपालिका स्थित सशस्त्र प्रहरी र बन सुरक्षा टोलीले संयुक्त रूपमा लाखौँ मूल्य बराबरको अबैध सालको गोलिया काठ बरामद गरेको छ ।
नेपाल सुरक्षा बेश लक्ष्मिनिया र सब डिभिजन वन कार्यालय जंगलसहियाबाट गएको संयुक्त टोलीले आज गस्ती गर्ने क्रममा उक्त काठ बरामद गरेको हो ।
गस्ती टोलीले गुजरा ३ सिम्री ईलाकामा धन्सार खोला नजिक झाडीमा अबैध रुपमा जंगलबाट चोरी कटान गरी लुकाई छिपाई राखेको अवस्थामा १२ वटा गोलिया साढे ६१ क्युफिट सालको काठ बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन।
अन्दाजी बजार मुल्य १ लाख ८५ हजार बराबरको उक्त काठ बरामद गरि आबश्यक कार्वाहीको लागि सब डिभिजन वन कार्यालय जंगलसहियामा बुझाईएको सशस्त्र प्रहरी रौतहटको सूचनामा उल्लेख गरिएको छ ।
पछिल्लो समय सशस्त्र प्रहरीको सक्रियतामा अबैध काठ ढुवानी तथा तस्करीमा कमी आएको देखिएको स्थानीयले बताएका छन् ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend