Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • रौतहटमा सालको गोलिया काठसहित सफारी गाडी बरामद


    शनिबार, साउन ५ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रौतहट । सशस्त्र प्रहरी र बन सुरक्षा टोलीले रौतहटको गुजारा नगरक्षेत्र अन्तर्गत अबैध सालको गोलिया काठ सहित भारतीय नम्बरको सफारी गाडी बरामद गरेको छ ।

    बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको अस्थाई बेस हरिनगरका प्रमुख सई कृष्णनन्दन यादवको कमाण्डमा सव डिभिजन बन कार्यालय जंगलसहियाबाट गएको संयूक्त टोलीले आज बिहान गुजरा ४ लालबकैया नदी किनार बाट उक्त काठ सहितको सफारी गाडी नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिएको एचपी ३१ सी ०७३३ नम्बरको सफारी गाड़ीमा जंगलबाट अबैध चोरीलुकी ल्याईएको ५ थान सालको गोलिया २० क्युबिफिट काठ बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन। बरामद काठ र गाडी सहितको कुल १५ लाख ६० हजार मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि सव डिभिजन बन कार्यालय जंगलसहियामा बुझाईएको सशस्त्र प्रहरी द्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार