Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको मौसम पूर्वानुमान, मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना


    आइतबार, असार ३१ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानभन्दा माथि तथा पश्चिमतर्फ सरदर स्थानको आसपासको रहेको छ ।

    हाल देशभर आन्शिक देखि साधारणतया बदली रहेको छ । साथै कोशी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम  वर्षा  भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    त्यस्तै आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।कोशी, मधेश, बागमती  प्रदेश र गण्डकी प्रदेशका केही  स्थानहरूमा साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई  स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार