चितवन । त्रिशूली नदीमा यात्रुसहित बेपत्ता भएका दुवै बसको खोजी कार्य शनिबार बिहानैदेखि पुन: शुरु भएको छ । सशस्त्र प्रहरीको गोताखोरसहितका टोली सहित नेपाली सेना, नेपाल प्रहरीले दुर्घटना भएको बसको विहानैदेखि खोजी कार्य सुरु गरेको हो ।
यस अघि शुक्रबार गरिएको खोजी कार्यमा बिरगंञ्जबाट आएको एन्जल बसको पर्दा र दश वर्ष भन्दा सानो बालकले लगाउने ट्याग सुट भेटिएको प्रहरीले जनाएको छ ।
गाडीको पर्दा र ट्याग सुटसहितका यात्रुका केही समान छरपस्ट रूपमा शुक्रवार नै त्रिशूली किनारमा भेटिएका थिए । गोताखोर टोलीले पानीभित्र र बाहिर खोज कार्य जारी राखेको छ ।
अविरल वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकको सिमलतालमा शुक्रवार बिहान पहिरो जाँदा दुवै बसमा गरी कम्तिमा ५१ यात्रुसहित दुई बस त्रिशूलीमा बेपत्ता रहेका छन् ।
त्रिशुलीमा हराइरहेका बसका तीन यात्रु भने पौडिएर बाहिर निस्किएका थिए । नदीमा पौडी खेलेर बाच्न सफल भएका रौतहटका नन्दन दास, रौतहट गरुडा -९ जुगेश्वर राययादव र रौतहट सरोज गुप्ता रहेका छन् ।
काठमाडौँबाट गौर जान नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ००१ख २४९५ नम्बरको गणपति डिलक्स बस र बिरगंञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको ०३-००६- १५१६ नम्बरको एन्जल्स डिलक्स बस त्रिसूलीमा खसेका हुन् ।
अहिले नदीमा बेपत्ता भएकाका परिवार पनि नदीमा खोजीकार्यका लागि सुरक्षाकर्मीहरूलाई सहयोग गरिरहेका छन् । कतिपय वेपत्ताका परिवार अहिले घटना स्थलमा आइपुगेका छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend