चितवन । त्रिशूली नदीमा यात्रुसहित बेपत्ता भएका दुवै बसको खोजी कार्य शनिबार बिहानैदेखि पुन: शुरु भएको छ । सशस्त्र प्रहरीको गोताखोरसहितका टोली सहित नेपाली सेना, नेपाल प्रहरीले दुर्घटना भएको बसको विहानैदेखि खोजी कार्य सुरु गरेको हो ।
यस अघि शुक्रबार गरिएको खोजी कार्यमा बिरगंञ्जबाट आएको एन्जल बसको पर्दा र दश वर्ष भन्दा सानो बालकले लगाउने ट्याग सुट भेटिएको प्रहरीले जनाएको छ ।
गाडीको पर्दा र ट्याग सुटसहितका यात्रुका केही समान छरपस्ट रूपमा शुक्रवार नै त्रिशूली किनारमा भेटिएका थिए । गोताखोर टोलीले पानीभित्र र बाहिर खोज कार्य जारी राखेको छ ।
अविरल वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकको सिमलतालमा शुक्रवार बिहान पहिरो जाँदा दुवै बसमा गरी कम्तिमा ५१ यात्रुसहित दुई बस त्रिशूलीमा बेपत्ता रहेका छन् ।
त्रिशुलीमा हराइरहेका बसका तीन यात्रु भने पौडिएर बाहिर निस्किएका थिए । नदीमा पौडी खेलेर बाच्न सफल भएका रौतहटका नन्दन दास, रौतहट गरुडा -९ जुगेश्वर राययादव र रौतहट सरोज गुप्ता रहेका छन् ।
काठमाडौँबाट गौर जान नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ००१ख २४९५ नम्बरको गणपति डिलक्स बस र बिरगंञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको ०३-००६- १५१६ नम्बरको एन्जल्स डिलक्स बस त्रिसूलीमा खसेका हुन् ।
अहिले नदीमा बेपत्ता भएकाका परिवार पनि नदीमा खोजीकार्यका लागि सुरक्षाकर्मीहरूलाई सहयोग गरिरहेका छन् । कतिपय वेपत्ताका परिवार अहिले घटना स्थलमा आइपुगेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend