काठमाडौं । सप्तकोशी नदीमा बेपत्ता गोताखोरको शुक्रबार बिहानैबाट खोजी कार्य शुरु भएको छ ।
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा मनसुनजन्य बिपद्को पूर्वतयारीस्वरुप प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यासको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरी, दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरी र नम्वर ७ गण सिरहासहित संयुक्त टोलीद्धारा बिहीबार ०७ः४५ बजे अभ्यास शुरु भएको थियो ।
सो क्रममा दिउँसो १५ः१० बजे नं. १ श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हरदेव राजबंशी र नम्वर १३ गण पर्सा दरबन्दी भई नम्वर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सप्रज सुरज साउद कोशी नदीमा बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्यलाइ तिब्रता दिइएको छ ।
शुक्रबार बिहान दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपी बिजय हमालको कमान्डमा ४ जना गोताखोरसहित ३५ जना र नं. ६ गण सप्तरीबाट बिपद् ब्यबस्थापन तालिम प्राप्त सहित डिएसपी बिपिन देसारको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको छ ।
थप खोजी तथा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरका अनुभवी प्रशिक्षक डिएसपी पुरुषोत्तम भन्डारीको कमान्डमा ५ जना गोताखोरलाइ बिहिबार राती १०ः४५ बजे त्यसतर्फ पठाइएको छ ।
२०६९ सालमा बंगलादेशबाट गोताखोर तालिम लिएका भन्डारी त्यसयता नेपालमा संचालित गोताखोर तालिमका प्रशिक्षक हुन् । उनले घटनास्थल, पानीको बहाव र अन्य कुरा फिल्डमा नै नहेरी भन्न नसकिने बताएका छन् । यो तालिम नभई मनसुनजन्य बिपद् उद्दारको पूर्बतयारी स्वरुप गरिएको सिमुलेसन अभ्यास हो । यस प्रकारका अभ्यास अहिले देशभरिनै भइरहेका छन् ।
बेपत्ता भएका उनीहरु दुबै जनाले २०८० र ८१ सालमा गोताखोर तालिम पूरा गरेका हुन्, त्यसपछि उद्दारका लागि विभिन्न ठाउंमा खटिएका थिए तर उनीहरु गोताखोर प्रशिक्षक होइनन् र हिजो भएको पनि प्रशिक्षण नभई ३÷४ दिनको उद्दार अभ्यास हो ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend