Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले मिलेका हौँ : रमेश लेखक


    शुक्रबार, असार २९ २०८१
    2K
    Shares
    प्रतिनिधिसभा बैठकमा नेका सांसद लेखक काठमाडौँ, २४ फागुनः सङ्घीय संसद भवन नयाँबानेश्वरमा बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक । तस्बिरः प्रदीपराज वन्त÷रासस
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ ।  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले एक ठाउँमा आएको बताएका छन् ।

    प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथिको प्रस्तावमा बोल्दै लेखकले प्रधानमन्त्रीले तीन–तीन महिनामा विश्वासको मत लिने अवस्था रोक्न नयाँ सहमति गरिएको स्पष्ट गरेका हुन् ।

    उनले सरकारमा बसेर फाइल खोल्छु भनेर स्टन्ट मात्र गरिएको भन्दै सुशासन कायम गर्न नसकेको बताउँदै नयाँ सरकारले सुशासन दिने काम गर्न नयाँ सहमति गरिएको बताए ।

    लेखकले संबिधान प्रारम्भ भएको आठ बर्षभन्दा बढी समय भएको बताउदै संबिधान प्रारम्भ भए पश्चात यसका राम्रा र नराम्रा पक्ष हेरेर नराम्रा विषयलाई सुधार गर्ने भनेको बताए । उनले अग्रमनका लागि संबिधान संशोधन गर्ने स्पष्ट गरे ।

    लेखकले नेपालको राजनीतिमा कांग्रेस रहेसम्म समावेशिता कमजोर नहुने दाबी गर्दै त्यसमा आशंका व्यक्त नगर्न आग्रह गरे । उनले संबिधान छुनै नहुने विषय नभएको उल्लेख गर्दै लेखकले संबिधानमा नै १० बर्षमा पुरावलोकन गर्ने विषय उल्लेख रहेको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार