काठमाडौं । अविरल वर्षाका कारण असार २७ गते कालिगण्डकी करिडोर अन्तर्गत बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका– १० डबल्याङ र मध्य पहाडी लोकमार्ग अन्तर्गत सोही जिल्लाको काठेखोला गाउँपालिका–६ बयलडाडा सडकखण्डमा पहिरो आई पूर्णरुपमा अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले खुलाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाग्लुङको सुरक्षा फौज खटिई अवरुद्ध सडकहरु खुलाएको हो ।
यसैगरी अविरल बर्षाको कारण पहिरोले सोही जिल्लाको बाग्लुङ नगरपालिका–३ तातोपानी भुनियामा ४५ वर्षिय मनमती बोहोराको कच्ची घर भत्किन गई पुरिएको लत्ताकपडा तथा सरसामानहरु सशस्त्र प्रहरी बल आश्रित गुल्म बागलुङको सुरक्षा फौजले निकालेको छ ।
बागलुङ नगरपालिका–७ तितौरेस्थित पानिवनमा घरको पालि भत्कीन जाँदा ५१ बर्षीया खिमकुमारी शर्माको मृत्यु भएको छ ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend