काठमाडौं । अविरल वर्षाका कारण असार २७ गते कालिगण्डकी करिडोर अन्तर्गत बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका– १० डबल्याङ र मध्य पहाडी लोकमार्ग अन्तर्गत सोही जिल्लाको काठेखोला गाउँपालिका–६ बयलडाडा सडकखण्डमा पहिरो आई पूर्णरुपमा अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले खुलाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाग्लुङको सुरक्षा फौज खटिई अवरुद्ध सडकहरु खुलाएको हो ।
यसैगरी अविरल बर्षाको कारण पहिरोले सोही जिल्लाको बाग्लुङ नगरपालिका–३ तातोपानी भुनियामा ४५ वर्षिय मनमती बोहोराको कच्ची घर भत्किन गई पुरिएको लत्ताकपडा तथा सरसामानहरु सशस्त्र प्रहरी बल आश्रित गुल्म बागलुङको सुरक्षा फौजले निकालेको छ ।
बागलुङ नगरपालिका–७ तितौरेस्थित पानिवनमा घरको पालि भत्कीन जाँदा ५१ बर्षीया खिमकुमारी शर्माको मृत्यु भएको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend