Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाढीपहिरो अपडेटः बर्षाका कारण डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्दार


    मंगलबार, असार २६ २०८१
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बर्षाका कारण देशका विभिन्न ठाउँहरुमा डुवानमा परेकाहरुको सशस्त्र प्रहरीले अन्य सुरक्षा निकायको समन्वयमा सुरक्षित स्थानमा स्थान्तरण गरेको छ ।

    सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–८ गोईसारमा वर्षाको कारण टेङ्गा खोलाको बाँध फुटी जोखिम रहेका २० घरपरिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । साथै सो क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी इकाई इटहरी, नेपाली सेना, नेपाल प्रहरी तथा नगर प्रहरीसहितको टोलीले बाँध बाध्ने कार्य गरिरहेको छ ।

    त्यसैगरी सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–२ सिद्धिपुरको सुकुम्बासी बस्तीमा त्रियुगा नदीमा पानीको बहाव बढी डुवानमा परेका १६ घरपरिवारलाई सुरक्षा वेश फत्तेपुर र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको छ ।

    झापा जिल्लाको झापा गाउँपालिका–२ स्थित सुगाँबथानमा माई खोलामा पानीको बहाव बढी डुवानमा परेका १० घरपरिवारलाई बिओपी टागनडुब्बा र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको छ ।

    त्यस्तै सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–६ भोक्राहास्थित कमला नदीमा पानी बहाव बढी नदीको बीच भागमा अड्किएका ५ जनाको सुरक्षा बेश कल्याणपुर र सुरक्षा सुरक्षा वेश दुवरकोटको टोलीले सकुशल उद्दार गरेको हो ।

    यसैगरी काठमाडौँको शंखरापुर नगरपालिका–३ स्थित जहरसिंह पौवा–कात्तिके सडक खण्डमा वर्षाको कारण अवरुद्ध सडक सशस्त्र प्रहरीले असार २५ गते सुचारु गरेको छ ।

    सडक खण्डमा पर्ने खहरे ठाडो खोल्सामा आएको बाढिले एकतर्फी सडक अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लप्सीफेदीबाट खटिएको सुरक्षा फौजले दुवैतर्फ बाटो सुचारु गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार