Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलम्पिक खेल्ने खेलाडीसँग सदस्य सचिवको छलफ


    आइतबार, असार २४ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव  टंकलाल घिसिङले पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरुसँग छलफल गरेका छन् ।

    सदस्य सचिव घिसिङले ओलम्पिकको तयारीका लागि बन्द  प्रशिक्षणमा रहेका खेलाडीहरुको तयारी र सरकारका तर्फबाट गर्नु पर्ने कामका बिषयमा छलफल गरेका हुन् ।

    साउन ११ गते देखि २७ गते सम्म आयोजना हुने ओलम्पिकमा नेपालका तर्फबाट सहभागी हुने सात जना खेलाडीहरु मध्ये नेपालमै वन्द प्रशिक्षणमा रहेका खेलाडी तथा सम्वन्धित प्रशिक्षकहरुसँग भएको छलफलमा सदस्य सचिव घिसिङले तयारीका लागि कुनै कमि हुन नदिने बताए ।

    त्यस्तै उनले खेल सामाग्री, खेल पोशाक, प्रशिक्षणको तालिका सम्वन्धमा सदस्य सचिवले चासो राखेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार