सञ्जय मिश्रा
रौतहट । रौतहट जिल्लाको उतरिभेग बालचनपुर जंगलसहिया सडकखण्ड अवरुद्ध भएको छ भने जिल्लाको अन्य नदी खोलामा पानीको बहाव घट्दै गएको छ ।
गुजरा नगरपालिका १ स्थित लमहा खोलामा अबिरल बर्षाको कारण पानिको सतह बढेपछि आज बिहान देखी बालचनपुर जंगलसहिया सडकखण्ड अवरूद्ध भएको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डिएस्पी गेहेन्द्र भण्डारीले बताएका छन ।
गुजाराको मेयर सन्तलाल चौधरीको सक्रियतामा लमहा खोलामा ठूलो ह्युमपाईप र ग्रेभल राखेर दिउँसो १ बजेदेखि सानो गाडीहरु सुचारु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।
तर ठूला सवारीसाधन भने चलेको छैन । पहाडतर्फ लगातारको बर्षाले रौतहट स्थित बागमती नदी, लालबकैया नदी, चाँदी नदी लगायत ससाना खोलाहरूमा हिजो देखि बढेको पानीको सतह आज क्रमसः घट्दै गएको प्रहरी प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend