Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाढीले बालचनपुर जंगलसहिया सडक अवरुद्ध


    आइतबार, असार २४ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सञ्जय मिश्रा

    रौतहट । रौतहट जिल्लाको उतरिभेग बालचनपुर जंगलसहिया सडकखण्ड अवरुद्ध भएको छ भने जिल्लाको अन्य नदी खोलामा पानीको बहाव घट्दै गएको छ ।

    गुजरा नगरपालिका १ स्थित लमहा खोलामा अबिरल बर्षाको कारण पानिको सतह बढेपछि आज बिहान देखी बालचनपुर जंगलसहिया सडकखण्ड अवरूद्ध भएको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डिएस्पी गेहेन्द्र भण्डारीले बताएका छन ।

    गुजाराको मेयर सन्तलाल चौधरीको सक्रियतामा लमहा खोलामा ठूलो ह्युमपाईप र ग्रेभल राखेर दिउँसो १ बजेदेखि  सानो गाडीहरु सुचारु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।

    तर ठूला सवारीसाधन भने चलेको छैन । पहाडतर्फ लगातारको बर्षाले रौतहट स्थित बागमती नदी, लालबकैया नदी, चाँदी नदी लगायत ससाना खोलाहरूमा हिजो देखि बढेको पानीको सतह आज क्रमसः घट्दै गएको प्रहरी प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार