Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तनहुँमा पहिरोमा बेपत्ता तिनै जनाको शव फेला


    आइतबार, असार २४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दमौली । तनहुँमा पहिरोमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ ।

    शनिबार दिउँसो शुक्लागण्डकी नगरपालिका-७ काउरेमा हिरा नेपाली र सुनमाया कुमालको घरमा खसेको पहिरोमा तीन जना बेपत्ता भएका थिए ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एक जनाको शव शनिबार नै फेला परेको थियो भने आइतबार बिहान थप दुई जनाको शव फेला परेको हो ।

    पहिरोमा परेर ज्यान गुमाउनेमा ४० वर्षीय हिरा नेपाली, ३७ बर्षिय अनिशा बास्तोला र ६५ बर्षिय श्याम भण्डारी रहेका छन् । तीनै जनाको शव जिपी कोइराला श्वासप्रस्वास उपचार केन्द्रमा राखिएको प्रहरीले बताएको छ ।

    सो पहिरोमा पाँच जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार