Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलियो


    आइतबार, असार २४ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ।

    आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको  कोशी ब्यारेज केन्द्रले जानकारी दिएको छ ।

    सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पुगेको छ । बिहान ६ बजे ४८ वटा ढोका खोलिएको थियो । लगातार वर्षाका कारण नदीमा जलसतह बढ्दै गएर खतरा उत्पन्न भएपछि सबै ढोका खोलिएको हो । सप्तकोशीमा बहाव बढेपछि तटीय क्षेत्रमा बसेकाहरूलाई सतर्क रहन भनिएको छ ।

    सप्तकोशीको बहाव अहिलेसम्मकै धेरै १९६८ मा ७ लाख ३० हजार क्युसेक पुगेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार