काठमाडौं । प्रहरी महानिरीक्षक मातहत रहेको उजुरी छानबिन महाशाखाका अधिकारीहरुले कारबाहीका लागि गणमा तानिएका प्रहरीलाई मधेश प्रदेशका जिल्ला–जिल्लामा घुमुवाका रुपमा खटाएको खुलासा भएको छ । उजुरी छानबिन महाशाखाका एसएसपी गणेश चन्दले आईजीपी बसन्तबहादुर कुँवरलाई थाहा नदिई कारबाहीका लागि तानिएकालाई मधेश प्रदेशमा खटाएको आरोप छ ।
मधेश प्रदेश अन्तर्गतका जिल्लामा सादा पोशाकमा खटिने क्रममा भन्सारछली गर्ने ब्यापारीहरुसँग मिलेमतो गरेको र प्रहरी आचरण विपरीत क्रियाकलाप गरी कारबाहीका लागि गण नम्बर १ टंगालमा तानिएका विवादित प्रहरीलाई नै उजुरी छानबिन महाशाखाका हाकिमहरुले बारा, पर्सा र रौतहटमा घुमुवाका रुपमा खटाएका छन् ।
आईजीपी कुँवरलाई थाहा नै नदिई एसएसपी चन्दले प्रहरी प्रहरी नायब निरीक्षक(सई) उपेन्द्र साह, प्रहरी सहायक निरीक्षक (असई) महम्मद हुसेन, हवल्दार रामविश्वास यादवसहित ६ जनालाई मधेश प्रदेशका जिल्लामा खटाएका छन् । सई साह गतबर्ष असोजमा सिरहामा भएको तस्करीको घटनामा संलग्न भएकाले गणमा छानबिनका लागि तानिएका थिए । गएको असोजमा सिरहामा राजस्व अनुसन्धान कार्यालय इटहरीले ठूलो परिमाणमा तस्करीका कपडा बरामद गरेको थियो ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा तस्करी भएको पाइएपछि सशस्त्रका एसपी प्रमोद भारतीसहितका अधिकृत तानिएका थिए । नेपाल प्रहरीले सई साहको तस्करसँग कनेक्सन देखिएपछि गणमा तानेर छानबिन गरिरहेको थियो । असई हुसेन र रामविश्वास यादव बारा र पर्सामा सादा पोशाकमा घुमुवाका रुपमा खटिएकै समयमा तानिएका थिए ।
कारबाहीका लागि तानिएका साह, हुसेन र यादवहरुलाई उजुरी छानबिनका प्रमुख चन्दले नै प्रहरी प्रधान कार्यालयबाट मधेशका जिल्लामा जाने अनुगमनमा जाने छुट दिएको स्रोत बताउँछ । उजुरी छानबिनका प्रमुख चन्दसहिता केही हाकिमहरुलाई प्रभावमा पारी सई साहसहितको टोली प्रत्येक महिना मधेश प्रदेशमा जाने गरेको थियो । उनीहरुले तराईका जिल्लाका थानाौकीका इन्चार्जहरुलाई प्रहरी प्रधान कार्यालयबाट आएको नभनी अख्तियारबाट खटिएको भन्ने गरेका थिए ।
अख्तियारबाट आएको भनी सीमाचौकीका इन्चार्जहरुलाई तेल, पैसा, खाजा खाना खुवाउन लगाउने र नदिनेलाई फसाउने कार्य समेत गर्न थाले । उनीहरुले मागे अनुसार पैसा नदिएपछि सीमा प्रहरी चौकीका इन्चार्जहरुलाई फसाउँदैआएका छन् । फसाइएका सीमा चौकीका इन्चार्जहरुमा बारा, पर्सा र रौतहटका छन् । विगतमा मधेशमा घुमुवा बसेर बदनाम भएकाहरुले मागे अनुसार रकम नदिएकै कारण रौतहटको कोपवा चौकीका सईलाई १ नम्बर गण नक्सालमा तनिएको छ । रौतहटकै मौलापुर इलाका प्रहरी कार्यायका इन्स्पेक्टर पनि उनीहरुकै माग पूरा नगर्दा तानिएका छन् ।
उजुरी छानबिनका गणेश चन्दसँग सेटिङ मिलाएर गएको उपेन्द्र साहको टोलीले रौतहटमा कोपवा र मौलापुरमा गएर अख्तियारबाट अएको भनेर थर्काउने र असुल्ने गरेपछि २०८१ असार १६ गते स्थानीयको घेराउमा परेका थिए । अख्तियारको नाम लिएपछि विवाद बढ्दै गयो, विवाद बढेको खबर पुगेपछि जिल्ला प्रशासन कार्यालय रौतहटबाट थप मद्दत गएर उनीहरुलाई उद्दार गर्नुपरेको थियो ।
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल-५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु...
काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएमा छन् । एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend