Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सहकारी छानबिन संसदीय समितिले गृहसचिव र महानिरीक्षकलाई बोलायो


    बिहिबार, असार २१ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलका लागि बोलाएको छ ।

    समितिको बिहीबार बसेको नवौं बैठकले गृहसचिव र प्रहरी महानिरीक्षकलाई शुक्रबार छलफलका लागि बोलाएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन् ।

    आजको बैठकमा समितिले महापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागका महानिर्देशक  कमल भट्टराई र सहकारी बिभागका रजिष्ट्रार पिताम्बर घिमिरेलाई बोलाएर छलफल गरेको सभापति थापाले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार