काठमाडौं । नेतृत्वको बेथितिका कारण नेपाल सांस्कृतिक महासंघबाट वास्तविक कलाकर्मी बाहिरिन थालेको महामन्त्री दुर्गा रायमाझीले बताएका छन्। वरिष्ठ लोक गायकसमेत रहेका रायमाझीले धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन्।
महासंघमा बेथिति बढ्दै गएको र नेतृत्व कै कारण महासंघले उचित स्वरूप पाउन नसकेको उनको दुखेसो छ। ‘संघ हुँदा नै पूर्णता नभएको बेला महासंघको नाममा गरिने हरेक क्रियाकलाप वैध छैनन्। संस्थाको गरिमा कायम गर्न गर्दै गतिशीलता प्रदान गर्नुपर्छ,’ उनले भने।
नेपाली कांग्रेसको भ्रातृ संस्था रहेकाले पार्टीले ३ वर्षका लागि मनोनीत गरेको भए पनि ५ जना पदाधिकारीको ९ वर्ष पुगिसकेको उनले बताए। यसरी संवैधानिक संकट निस्किएको अवस्थामा कुनै पनि पदाधिकारीले मनलाग्दि निर्णय गर्न नहुने उनको तर्क छ।
आफू सुदूरपश्चिमका विभिन्न जिल्लाका साथीहरूसँग भेटघाटका क्रममा पुगेको र अब जिल्ला जिल्लामा संगठन विस्तार हुनुपर्ने उनले बताए। सबै जिल्लामा चाँडोभन्दा चाँडो संगठन पुगाएर र पुराना समितिको निर्वाचन गराएर केन्द्रीय महाधिवेशन गर्नुपर्ने उनको धारणा छ। अहिले ९ वर्ष पुरानो नेतृत्वले केही व्यक्तिलाई जिम्मेवारी प्रदान गरिएको भन्दै पत्र दिने गरेको प्रति उनले खेद प्रकट गरेका छन्।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend