काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक नेपाल सांस्कृतिक महासंघमा विवाद चुलिएको छ। कांग्रेसले २०७३ सालमा नेपाल सांस्कृतिक संघमा अध्यक्षमा तीर्थ थापासहित पाँच जना पदाधिकारीसहितको समिति ल्याएको थियो।
२०७५ सालमा केन्द्रीय समिति गठन गरी स्थापना भएको संघले २०८० मा महासंघको रुप लिएको थियो। त्यसपछि पार्टीले पाँच जनाको समितिलाई मान्यता दिँदै महासंघ घोषणा गरेको थियो।
त्यसपछि महासंघमा केन्द्रीय अध्यक्ष तीर्थ थापा र महामन्त्री शिबशंकर रिजाल (जोगिन्दर)को समूहले एकलौटी केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष मनोनित गरेको भन्दै महासंघभित्र असन्तुष्टि बढेको हो। असन्तुष्ट वरिष्ठ उपाध्यक्ष,दुई जना महामन्त्रीसहित तीन जनाको समूहले अध्यक्षको कार्यशैलीविरुद्ध पार्टी केन्द्रीय कार्यालयमा उजुरी दिएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवासहितका पदाधिकारीलाई ध्यानाकर्षणसहितको उजुरी पार्टी कार्यालयमा दर्ता भएको बताइएको छ। उजुरीमाथि सुनुवाइ नहुँदै अध्यक्ष थापा र महामन्त्री रिजालले विराटनगरमा आयोजना हुनेगरी मंसिर २४ र २५ मा विभिन्न तहका अध्यक्षसहितको केन्द्रीय समिति भेला आह्वान गरेसँगै विवाद थप छताछुल्ल भएको छ। अध्यक्षकै निर्णयविरुद्ध उपाध्यक्षसहित तीन जनाको समूहले बैठकमा सहभागी नहुन आग्र गर्दै प्रेस विज्ञप्ति आह्वान गरेका छन् ।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend