काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक नेपाल सांस्कृतिक महासंघमा विवाद चुलिएको छ। कांग्रेसले २०७३ सालमा नेपाल सांस्कृतिक संघमा अध्यक्षमा तीर्थ थापासहित पाँच जना पदाधिकारीसहितको समिति ल्याएको थियो।
२०७५ सालमा केन्द्रीय समिति गठन गरी स्थापना भएको संघले २०८० मा महासंघको रुप लिएको थियो। त्यसपछि पार्टीले पाँच जनाको समितिलाई मान्यता दिँदै महासंघ घोषणा गरेको थियो।
त्यसपछि महासंघमा केन्द्रीय अध्यक्ष तीर्थ थापा र महामन्त्री शिबशंकर रिजाल (जोगिन्दर)को समूहले एकलौटी केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष मनोनित गरेको भन्दै महासंघभित्र असन्तुष्टि बढेको हो। असन्तुष्ट वरिष्ठ उपाध्यक्ष,दुई जना महामन्त्रीसहित तीन जनाको समूहले अध्यक्षको कार्यशैलीविरुद्ध पार्टी केन्द्रीय कार्यालयमा उजुरी दिएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवासहितका पदाधिकारीलाई ध्यानाकर्षणसहितको उजुरी पार्टी कार्यालयमा दर्ता भएको बताइएको छ। उजुरीमाथि सुनुवाइ नहुँदै अध्यक्ष थापा र महामन्त्री रिजालले विराटनगरमा आयोजना हुनेगरी मंसिर २४ र २५ मा विभिन्न तहका अध्यक्षसहितको केन्द्रीय समिति भेला आह्वान गरेसँगै विवाद थप छताछुल्ल भएको छ। अध्यक्षकै निर्णयविरुद्ध उपाध्यक्षसहित तीन जनाको समूहले बैठकमा सहभागी नहुन आग्र गर्दै प्रेस विज्ञप्ति आह्वान गरेका छन् ।

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend