Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको जम्बो टोली चीन जाँदै


    मंगलबार, असार १२ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका ३० जना नेताहरूको जम्बो टोली आज चीन भ्रमणमा जाँदैछ । उपमहासचिव विष्णु रिमाल नेतृत्वको ३० सदस्यीय टोली आज १० दिने चीन भ्रमणमा जान लागेका हो ।

    चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा एमाले नेताहरु त्यसतर्फ जान लागेका हुन् । भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुने एमालेले जनाएको छ । टोलीले चीनको बेइजिगसहित विभिन्न प्रान्तको भ्रमण गर्नेछ ।

    भ्रमण दलमा रिमालसहित नेता भानुभक्त ढकाल, विनोद श्रेष्ठ, सुजिता शाक्य, इन्दिरादेवी गौतम, लालबहादुर थापा, नागेन्द्र शाही, जीवन गौतमगायत रहेको एमालेले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार