Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्मचारीको आन्दोलनले संसद बैठक प्रभावित


    आइतबार, असार १० २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय संसदका कर्मचारीको आन्दोलनले प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ । कर्मचारीको लगातारको आन्दोलनका कारण आज बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।

    अतिरिक्त समय काम गरेको पारिश्रमिक पाउनु पर्ने लगायतका माग अघि सार्दै सङ्घीय संसदका कर्मचारीहरू १२ दिनदेखि आन्दोलनमा छन् ।

    आज बिहान मात्र उनीहरुको माग सम्बोधनको विधि तय गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्त्वमा समिति गठन भएको छ । गठित समितिमा मन्त्री गिरीसँगै संसद्का महासचिव पद्म प्रसाद पाण्डेय र अर्थसचिव मधु मरासिनीलाई जिम्मा दिइएको छ ।

    सरकारले आइतबारको प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट आश्रित विधेयकहरु पारित गर्ने कार्यसूची बनाएको छ । मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएपछि ती विधेयकहरु पारितको कार्यसूची छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार