सञ्जय मिश्रा
रौतहट । रौतहट सदरमुकाम गौर भन्सार कार्यालयका कर्मचारीको बदमासीले निर्धारित समय बिहान ५ बजे ब्यारियर (ढाट) नखोल्दा सैयौं मानिसले सास्ती खेप्नु परिरहेको छ।
भारतीय क्षेत्रको बैरगनियातर्फको बैरिअर भारतीय समय अनुसार बिहान ५ बजे खुल्ने तर गौर भन्सारको ब्यारियर ६ बजे नेपाली समय अनुसार खुल्दा सीमा वारपार गर्ने मानिस तथा सवारीसाधन एक घन्टा कुर्न बाध्य हुँदै आएका छन् । एक घन्टा कुर्दा दुवैतर्फका नागरिकले सास्ती खेप्नुपरेको स्थानीय सञ्चारकर्मी रमेश सिंहले बताए ।
सैयौं नागरिकको समस्या समाधान गर्न केही दिनअघि जिल्ला प्रशासन कार्यालय रौतहटमा बसेको दुई देशका सुरक्षा अधिकारीको बैठकमा भारतीय समय अनुसार बिहान ५ बजे दुवैतर्फको ब्यारियर खोल्ने सहमति भए पनि नेपालतर्फ सहमति कार्यान्वयन हुन सकेको छैन ।
सीमावर्ती भारतीय बजार बैरगनिया रहेको रेलवे स्टेसन हुँदै दैनिक बिहानै दर्जनौं मानिस सीमा वारपार गर्ने गर्छन् ।
कतिपय मानिस रेलबाट झरेर बिहानै गौरतर्फ आउने गर्दछन्। कतिपय बिहानै रक्सौल हुँदै वीरगञ्जज सम्म पुग्न रेल प्रयोग गर्छन्। तर, गौर भन्सार अगाडिको बेरिएर खुल्ला नहुँदा उनीहरूले सास्ती खेप्दै आउनुपरेको हो ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend