ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 14: Rohit Paudel of Nepal and Aiden Markram of South Africa lead their teams out prior to the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between South Africa and Nepal at Arnos Vale Ground on June 14, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)
रोशन पोखरेल
काठमाडौं । । इमान्दारीपूर्वक भन्नुपर्दा नेपालले वास्तवमा सानदार क्रिकेट खेल्यो । नेपालका खेलाडीले यस्तो खेल देखाए कि जसको तपाईले आशा नै गर्नुभएको थिएन होला । खेलको अन्तिम बलसम्म पनि हाम्रो मस्तिष्कमा परिणाम के हुन्छ भन्ने ढुकढुकी कायम थियो । अन्तमा हामी पराजित हुन पुग्यौं जुन हारमा पनि जित लुक्यो, खेलाडीले आफ्नो प्रतिभा प्रस्तुत गरेर धेरैको मन जितिरहेका छन् ।
१ रनको हारको पीडाले मन दु:खिरहेको छ तर दक्षिण अफ्रिका जस्तो अनुभवी, बलियो टेस्ट टीमलाई पराजयको ढोकासम्मै धकेल्ने नेपाली क्रिकेट खेलाडीको प्रयासको प्रशंसा गर्नुको साटो गाली गर्नु उचित हुन्छ भन्ने लाग्दैन । उनीहरु प्रशंसाका भागेदारी छन् । आजको हारसँगै अघिल्ला चरणमा पुग्ने सम्भावना समाप्त भएपनि उत्कृष्ट खेल पस्किएर सबैको मन जितिरहेका छन् ।
भन्नेहरूले भन्छन्, खुसी हुनलाई कारण होइन, बहाना चाहिन्छ । दु:ख र निराशा बढिरहेका बेला यस्ता केही खुसी हुने बहाना हामीलाई अहिले क्रिकेटले दिइरहेको छ ।
नेपोलियनले भनेका थिए, युद्ध जित्नलाई राम्रा हतियार होइन, भएका हतियारको राम्रो प्रयोग गर्न जान्नुपर्छ । यो भनाइ अहिले आएर हाम्रो देशका दु:खी जनताका लागि ठ्याक्कै सुहाउँदो भइदिएको छ, खुसी हुनलाई सुविधा होइन, बहाना चाहिएको छ ।
यस्तै एउटा भनाइ छ, गरिवसँग कुनै दिन धनी हुन्छु भन्ने आश हुन्छ, धनीसँग त त्यही पनि हुँदैन । बरु, मेरो धन सिद्धिन्छ कि भन्ने चिन्ता हुन्छ । अन्तिममा, यी सब केवल बहाना हुन्, मुख्य कुरा त मान्छेले खुसी प्राप्त गर्नु हो । तपाई मान्नुस् या नमानुस्, अहिले नेपाली क्रिकेटले त्यही दिइरहेको छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend