ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 14: Rohit Paudel of Nepal and Aiden Markram of South Africa lead their teams out prior to the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between South Africa and Nepal at Arnos Vale Ground on June 14, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)
रोशन पोखरेल
काठमाडौं । । इमान्दारीपूर्वक भन्नुपर्दा नेपालले वास्तवमा सानदार क्रिकेट खेल्यो । नेपालका खेलाडीले यस्तो खेल देखाए कि जसको तपाईले आशा नै गर्नुभएको थिएन होला । खेलको अन्तिम बलसम्म पनि हाम्रो मस्तिष्कमा परिणाम के हुन्छ भन्ने ढुकढुकी कायम थियो । अन्तमा हामी पराजित हुन पुग्यौं जुन हारमा पनि जित लुक्यो, खेलाडीले आफ्नो प्रतिभा प्रस्तुत गरेर धेरैको मन जितिरहेका छन् ।
१ रनको हारको पीडाले मन दु:खिरहेको छ तर दक्षिण अफ्रिका जस्तो अनुभवी, बलियो टेस्ट टीमलाई पराजयको ढोकासम्मै धकेल्ने नेपाली क्रिकेट खेलाडीको प्रयासको प्रशंसा गर्नुको साटो गाली गर्नु उचित हुन्छ भन्ने लाग्दैन । उनीहरु प्रशंसाका भागेदारी छन् । आजको हारसँगै अघिल्ला चरणमा पुग्ने सम्भावना समाप्त भएपनि उत्कृष्ट खेल पस्किएर सबैको मन जितिरहेका छन् ।
भन्नेहरूले भन्छन्, खुसी हुनलाई कारण होइन, बहाना चाहिन्छ । दु:ख र निराशा बढिरहेका बेला यस्ता केही खुसी हुने बहाना हामीलाई अहिले क्रिकेटले दिइरहेको छ ।
नेपोलियनले भनेका थिए, युद्ध जित्नलाई राम्रा हतियार होइन, भएका हतियारको राम्रो प्रयोग गर्न जान्नुपर्छ । यो भनाइ अहिले आएर हाम्रो देशका दु:खी जनताका लागि ठ्याक्कै सुहाउँदो भइदिएको छ, खुसी हुनलाई सुविधा होइन, बहाना चाहिएको छ ।
यस्तै एउटा भनाइ छ, गरिवसँग कुनै दिन धनी हुन्छु भन्ने आश हुन्छ, धनीसँग त त्यही पनि हुँदैन । बरु, मेरो धन सिद्धिन्छ कि भन्ने चिन्ता हुन्छ । अन्तिममा, यी सब केवल बहाना हुन्, मुख्य कुरा त मान्छेले खुसी प्राप्त गर्नु हो । तपाई मान्नुस् या नमानुस्, अहिले नेपाली क्रिकेटले त्यही दिइरहेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend