Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार भारत जाने


    शनिबार, जेष्ठ २६ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार भारतको नयाँदिल्ली जाने भएका छन् ।

    परराष्ट्र मन्त्रालयले जानकारी दिदै प्रधानमन्त्री प्रचण्ड आइतबार दिल्लीतर्फ प्रस्थान गर्ने र सोमबार स्वदेश फर्किने बताएको छ ।

    प्रधानमन्त्रीसँग उनकी छोरी गंगा दाहाल, कानुनमन्त्री पदम गिरी र अन्य सरकारी उच्च अधिकारी पनि भारत जाने परराष्ट्रले जनाएको छ ।

    तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका मोदीले आइतबार साँझ ७: १५ बजे शपथ लिने भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार