Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वकप छनौटमा नेपालको अर्को हार, युएईविरुद्ध ४-० ले पराजित


    शुक्रबार, जेष्ठ २५ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत अर्को हार बेहोरेको छ ।

    विहिबार राति साउदी अरबसम्म सम्पन्न युएईविरुद्धको खेलमा नेपाल ४-० ले परजित भएको छ ।

    पहिलो हाफमा २ गोल गरेको युएईले दोस्रो हाफमा पनि २ गोल गरेको थियो । युएइका लागि हरिब अब्दल्ला सुहेलले २ गोल गरेका थिए भने अलि सालेह र हजेम मोहमदले एक एक गोल गरेका थिए ।

    नेपालले विश्वकपको छनौट अन्तर्गत युएईविरुद्धको पहिलो लिगमा पनि ४-० ले नै हार बेहोरेको थियो ।

    यो हारसंगै नेपालले यस पटकको विश्वकप छनौटमा लगातार पाँचौं हार बेहोरेको छ । अब नेपालले अर्को खेल यमनसँग जुन ११ मा खेल्ने तालिका रहेको छ ।

    घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि ‘न्युट्रल भेन्यू’ को रुपमा साउदी अरबमा खेलेको हो ।

    एएफसीले दशरथ रंगशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।

    नेपालले यसअघि पनि घरेलु मैदानमा खेल्नुपर्ने बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार