Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेशमा मुख्यमन्त्रीले आजै विश्वासको मत लिने


    बुधबार, जेष्ठ २३ २०८१
    965
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिने भएका हुन् ।

    यस अघि आज बस्ने बैठकमा विश्वासको मत लिने कार्यसूची भएपनि उनले आफु विरामी रहेको भन्दै जेठ २८ गते विश्वासको मत लिने पत्र प्रदेश सभा सचिवालयमा पठाएका थिए । तर उनको विश्वासको मत लिने आज अन्तिम दिन भएको र आज विश्वासको मत नलिएमा स्वत; पदमुक्त हुने भएपछि विश्वासको मत लिन लागेका हुन् ।

    मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेस र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विश्वासको मत दिने भएका छन् । तर यतिले मात्र उनले विश्वासको मत पाउने अवस्था रहेको छैन ।

    सरकारको प्रतिनिधि भएपछि स्थगित भएको प्रदेशसभा बैठक केहीबेर पुनः सुरू हुने बताइएको छ ।

    १०७ सदस्यीय मधेश प्रदेशमा एमालेका सभामुख सहित २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपा र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका ७ सांसद छन् भने संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार