काठमाडौं । नेकपा माओवादीले सर्वसम्मत रुपमा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराको राजनीतिक सल्लाहकारमा कृष्ण अधिकारी ‘प्रकाश’लाई नियुक्त गर्न सिफारिस गर्यो । तर प्रदेश कमिटीको निर्णय कार्यान्वयन गर्न मुख्यमन्त्री महराले सकेनन् ।
प्रदेश कमिटीको सिफारिस अनुसार अधिकारीलाई नियुक्त गर्ने पक्षमा मुख्यमन्त्री महरा थिए । तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठाडो दबाब दिएपछि निर्मल आचार्यलाई नियुक्त गर्न मुख्यमन्त्री महरा बाध्य भएका छन् । प्रधानमन्त्रीको हस्तक्षेपपछि आचार्यलाई आइतबार नियुक्ति गरिएको हो । दाङका आचार्य माओवादीका नेता स्व. पोष्टबहादुर बोगटीका छोरीज्वाइँ हुन् ।
कृष्ण अधिकारी प्रकाश माओवादीका लुम्बिनी प्रदेश कमिटीका सचिव हुन् । उनी जनयुद्धमा होमिएका, राजनीतिक रुपमा इमान्दार र आर्थिक स्थिति पनि कमजोर भएका नेता हुन् । लुम्बिनी प्रदेश कमिटीको सर्वसम्मत निर्णय बिपरीत प्रधानमन्त्री प्रचण्डले आचार्यलाई नियुक्त गर्न दबाब दिनुको कारण भने गएको फागुन १ देखि ३ गतेसम्म भएको बिधान सम्मेलनमा निर्मल आचार्यले प्रधानमन्त्री प्रचण्डको पक्षमा गरेको गुणगानलाई लिइएको छ । बिधान सम्मेलनमा आचार्यले प्रचण्डको पक्षमा बोल्दा बिरोधमा हुटिङ नै भएको थियो । मासबाट आचार्यले दलाली गरेको भन्दै हुटिङ नै भएको उक्त सम्मेलनमा भाग लिने सबै जानकार छन् ।
प्रधानमन्त्री प्रचण्डले अधिकारीको नियुक्ति गर्ने पार्टीको निर्णय बदर गरी आचार्यलाई नियुक्ति गर्न दबाब दिएको घटनालाई प्रदेशको स्वायत्ततामाथि नै हस्तक्षेपका रुपमा लिइएको छ । माओवादीको नेतृत्व गरेका प्रचण्डले आफ्नो पार्टीलाई संघीयताको हिमायती पार्टी दाबी गरिरहन्छन् । तर ब्यवहारमा प्रदेशले गरेको सर्वसम्मत निर्णय एक ब्यक्तिको आदेशमा बदर गर्ने काम उनैबाट हुनुले संघीयता देखाउने दाँतमात्र भएको पुष्टि भएको छ ।
ज्यान हत्केलामा राखेर जनयुद्ध लडेका अधिकारी प्रदेशको चुनावमा प्यूठानबाट पराजीत भएका थिए । अधिकारी प्यूठान तिरामका हुन् । प्यूठान तिराम नै घर भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्य नै भन्छन्–‘कृष्ण अधिकारी प्रकाश अति सज्जन मानिस हुन् ।’
निर्मल आचार्य पोष्टबहादुर बोगटीको नाममा खुलेको प्रतिष्ठानका संचालक हुनु । नेताका नाममा खुलेका प्रतिष्ठानमा राज्यको ढुकुटीबाट रकम बाँड्ने र त्यसमा चरम भ्रष्टाचार हुँदैआएको छ ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend