Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा प्रमुख दलका नेताको बैठकमा के भयो ?


    शुक्रबार, जेष्ठ ११ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बालुवाटारमा बसेको प्रमुख दलका नेताहरुको बैठक सकारात्मक भएको कांग्रेसले बताएको छ ।

    बैठकपछि प्रतिक्रिया दिदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक भएको र कार्यदलमा छलफल भइरहेको बताए ।

    लेखकले आजको बैठकमा कांग्रेसले प्रधानमन्त्रीसँग कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको पक्राउबारे ध्यानाकर्षण गराएको बताए । आफूहरुले सिरोहियालाई पक्राउ गरिएको तरिकाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।

    त्यस्तै उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभाको बैठकमा कांग्रेसमाथि लगाएको आरोप बारे समेत ध्यानाकर्षण गराएको बताए । आफूहरुले प्रधानमन्त्रीको जवाफको अपेक्षा गरेको बताए ।

    लेखकले सहकारी प्रकरणमा व्यक्तिको नाम लेख्ने भन्दा पनि बचतकर्ताको रकम फिर्ता हुनुपर्ने आफुहरुको प्रमुख अडान रहेकाले बचतकर्ताको रकम फिर्ता कसरी हुन्छ भन्नेमा छानबिन केन्द्रित हुनुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार