काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरीबन्धु टी–स्टेटको ३४३ बिघा जग्गाको हदबन्दी फुकुवा गर्ने तत्कालीन केपी ओली नेतृत्वको सरकारले गरेको निर्णय खारेज गरेको फैसलाको पूर्ण पाठ आइतबार सार्वजनिक भएपछि राजनीतिक बृत्तमा तरंग पैदा गरेको छ ।
नेपाली कांग्रेस संसदीय दलको मंगलबार सम्पन्न बैठकले गिरीबन्धु टी–स्टेटको जग्गा हदबन्दी फुकुवा गर्नेमाथि कारबाहीको माग गर्दै संसद र सडक तताउने निर्णय गरेपछि एमाले अध्यक्ष ओलीले बुधबारको संसदीय दलको बैठकमा आक्रोश पोखेका छन् ।
गिरीबन्धु टी–स्टेटको जग्गा हदबन्दी फुकुवाको निर्णय अहिलेसम्मकै ठूलो भ्रष्टाचार भएको अन्तर्वार्ता पूर्वन्यायधीश इश्वर खतिवडाले उकालो डटकमलाई दिएका थिए । गिरीबन्धुको फैसला गर्ने संवैधानिक इजलासका ५ न्यायाधीशमध्येका इश्वर खतिवडाल एक हुन् । उनले ललिता निवास छावा हो भने गिरीबन्धु हात्ती हो भन्ने आसयको अन्तर्वार्ता दिएका थिए ।
बुधबारको संसदीय दलको बैठकमा ओली कांग्रेसतिर भन्दा पनि पूर्वन्यायाधीश खतिवडातिर बढी खनिएका थिए । पहिला ५१ र १९ बिघा हदबन्दीको जग्गा फुकुवा गरेको बिषयमा केही बोल्दैनन् । अहिले कानुन बनाएर फुकुवा गर भनेर आदेश दिने, संसदबाट कानुन बनाएर गर्दा अपरिपक्व भन्ने भन्दै उनले अदालतका न्यायाधीशप्रति नै कटाक्ष गरेका छन् ।
ओलीले विचार पुर्याएर बोल्न नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिएका छन् । उनले भने,‘जहाँसम्म गिरीबन्धु टी–स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपल्ट ५१ विघाह, एक पटक १९ विघा कमिशन खाएर सट्टापटट गर्ने नाउँमा जमिन विक्री गर्न दिएको छ । त्यही टी–स्टेटको, पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले अदालतको आदेशबमोजिम ऐन बनाएका हौं । कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ ।’
मंगलबार कांग्रेस महामन्त्री गगन थापाले गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणमा वदनियत राखेर निर्णय गर्ने गराउनेमाथि थप अनुसन्धान अपरिहार्य रहेको बताएका थिए । सामाजिक सञ्जाल मार्फत् महामन्त्री थापाले गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणमा सर्वोच्च अदालतले गरेको फैसला ऐतिहासिक रहेको बताउँदै यस्तो निर्णय गर्नेमाथि अनुसन्धान आवश्यक रहेको बताएका थिए ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend