Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीले प्रशासकीय भवन उद्घाटन गर्ने भएपछि पालिकाभरी सार्वजनिक बिदा


    शुक्रबार, बैशाख २८ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएपछि आज सार्बजनिक बिदा दिईएको छ ।

    दार्मा गाउँपालिका-३ मा रहेको पालिकाको प्रशाकीय भवनको उद्घाटन बिहान ११ बजे गर्ने कार्यक्रम रहेको छ ।

    भवन उद्घाटन प्रधानमन्त्रीले गर्ने भएपछि आज पालिकाभरी सार्वजनिक बिदा दिइएको छ ।

    गाउँ कार्यपालिकाको बैशाख २२ गते बसेको बैठकले आज बैशाख २८ गते सार्बजनिक बिदा दिने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार