काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी आठ वर्ष कैद सजाय तोकेका क्रिकेटर सन्दीप लामिछानेले आफू निर्दोष भएको र आफूलाई फसाइएको बताएका छन् । उनले मंगलबार साँझ सामाजिक संजाल फेसबुकमा आफूलाई बलात्कारको आरोप लगाउनेहरुलाई खुल्ला चुनौती दिएका छन् । उनले बलात्कारको घटना घटेको होइन घटाइएको उल्लेख गरेका छन् ।
आफूलाई फसाउनेहरुको वास्तविक अनुहार आफै निस्कनेमा विश्वस्त रहेका उनले तथाकथित अभियन्ताहरुलाई आफ्नो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट सम्बन्ध भएको प्रमाणित गरेमा फाँसीको संजाय भोग्न तयार रहेको उल्लेख गरेका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्–‘धेरै समय मौनतामा बसिरहेँ, आफूलाई अन्धकारमा राखिरहेँ अनि प्रतीक्षामा पलपल बाँचिरहेँ । मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसला मा गम्भीर त्रुटि छ, तर पनि धेरै चुप लागेर बसेँ । कानून व्यवसायीले भन्नुहुन्छ– तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ, न तथ्यले, न प्रमाणले, न अनुसन्धानको कुनै सारभूत निचोडले पुष्टि गर्छ । तर मैले कति सहनु ? म न्याय माग्दामाग्दा सिथिल भइसकेँ ।
सामाजिक संस्था र सामाजिक संजालमा अनि झुटा न्यायका लागि लड्ने एकथरी गज्जबका आमा, दिदीहरु रहेछन् अनि केही प्रभाव पार्ने पत्रपत्रिका । ती तथाकथित र भनाउँदा सामाजिक अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो, उहाँहरुलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको तथ्य र प्रमाणले अझै साबित गर्नुहोस्–यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस् । मलाई ८ बर्षले पुग्दै पुग्दैन । तपाईंहरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन, दुनियाले बुझेको छ ।
म कानुनले होइन, अनुमान र एकतर्फी भनाइले दोषी भएको छु, त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसारका लागि गम्भीर दुर्घटना हुनेछ लेखिराख्नु । भगवानले हेरिरहेका छन्, व्यक्तिभन्दा माथि ती तथाकथित महिला सामाजिक अभियन्ता भन्नेहरु यति स्वार्थी र अपराधी रहेछन् कि जो वास्तविक पीडितहरु हुन् तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको । धिक्कार छ ती तथाकथित अभियन्ताहरु जसले एउटा खोल ओडेर अर्काे ब्यवसाय गर्छन् । मैले यति लेखिरहँदा अब केहीले मलाई पीडितको नाटकीय तुरुप फाल्यो भनेर लेख्लान् । तर झुटा आरोप जब लाग्छ नि अनि बल्ल सद्बुद्धि आउला ।
म सानैदेखि धर्ममा विश्वास गर्ने व्यक्ति हुँ, जो जो यो बनावटी अभियोगको अभियान मा खटिरहनुभएको छ, कानुनले नहोला धर्मको अग्निपरीक्षामा तपाईहरुले आफ्नो कर्मको फल भोग्नुहुनेछ । यो किन भन्दैछु भने म यो घटनाको निर्दोष पात्र हँु र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईंहरूको पनि सहभागिता छ । धेरै खोल्न बाँकी छ । फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो । वास्तविक अनुहार आफै निस्केला, मचाहिँ विश्वस्त छु ।
अन्तमा, म निर्दोष छु र मेरो निर्दोषितामा विश्वास र सहानुभूति राख्नेहरूसँग म जीवनभर ऋणी रहनेछु । फेरि पनि मेरो यो खुल्ला चुनौती हो ती तथाकथित अभियन्ताहरुलाई, सक्नुहुन्छ भने प्रमाणित गर्नुहोस् मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट सम्बन्ध भएको होस् । यदि म दोषी देखिन्छु भने मलाई फाँसी होस् मेरा लागि ८ बर्षले पुग्दैन फाँसी नै सही हुनेछ । म त फसँे, बोलेकै भरमा अब अरु कोही नफसोस् । बिन्ती छ ।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend