Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितानिवास जग्गा प्रकरणमा पूर्वमन्त्री जोशी साधारण तारेखमा छुटे


    सोमबार, मंसिर ८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन् । विशेष अदालतमा हाजिर भएका उनी साधारण तारेखमा छुटेका हुन्।

    विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्य बालेन्द्र रुपाखेतीको इजलासले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्दा दायर गरेको थियो । पूर्व भूमिसुधारमन्त्री जोशी सोमबार अदालतमा हाजिर भएका विशेष अदालतका उपरजिष्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए ।

    अख्तियारले पूर्वमन्त्री जोशीविरुद्ध ७ करोड ८ लाख ४८ हजार रुपैयाँ विगो माग दाबी गरेर २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार