Nepal Face
  • आइतबार, १० साउन २०८३
    • राजनीति
    • समाचार
      प्रदेश
    • अर्थ
    • प्रशासन
    • विचार
    • विशेष
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • भिडियो
    • अन्तर्राष्ट्रिय

    यहाँ टाईप गर्नुहोस्...

      NepalFace
      • राजनीति
      • समाचार
        • प्रदेश
      • अर्थ
      • प्रशासन
      • विचार
      • विशेष
      • खेलकुद
      • प्रविधि
      • फोटो
      • भिडियो
      • अन्तर्राष्ट्रिय
    • राष्ट्रिय स्वतन्त्र पार्टी
    • नेकपा एमाले
    • रवि लामिछाने
    • केपी शर्मा ओली
    • नेपाली कांग्रेस
    • काठमाडौँ महानगरपालिका
    • प्रतिनिधिसभा

    दमक भ्यूटावर लगानी र महत्वका हिसाबले देशको पहिलोः मन्त्री श्रेष्ठ


    Basu Dev Paudel
    सोमबार, मंसिर ८ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • 715
  • सेयर
  • दमक । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज झापाको दमकसहित जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालित योजनाको अनुगमन गर्नुभएको छ । उहाँले दमकको निर्माणाधीन दमक दृश्यावलोकनस्तम्भ, दमक सभागृह , दमक बसपार्क तथा गौरादह र गौरीगञ्जमा मन्त्रालयअन्तर्गतका चालु तथा सम्पन्न भएका योजनाको स्थलगत जानकारी लिनुभयो । सोक्रममा उहाँले दमक –३ स्थित निर्माणाधीन भ्यु टावर निर्माणको अवस्थाबारे जानकारी लिनुभएको वडाध्यक्ष नवीन बरालले वताउनुभयो । स्थलगत निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले दमक भ्यूटावर लगानी र महत्वका हिसाबले पनि देशकै पहिलो भ्यू टावर भएको विचार व्यक्त गर्नुभयो ।
     
    नगरपालिकाका अनुसार राष्ट्रिय महत्व तथा बहुवर्षीय योजनामा रहेको सो व्यावसायिक भ्यू टावरको करीब ३० प्रतिशत काम पूरा भएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारले सोका लागि रु ४० करोड विनियोजन गरिसकेको छ । त्यहाँ रु डेढ अर्बभन्दा बढीको सरकारी लगानी रहनेछ । भ्यू टावर निर्माणको जिम्मा चिनियाँ कम्पनी जेसिडिआइइसी र नेपाली कम्पनी आशिष ॐसाई जेभीले लिएका छन् । भ्यू टावर निर्माणका लागि स्थानीयवासीले पाँच बिघा जग्गा निःशुल्क रुपमा उपलव्ध गराएका थिए । पच्चीस तलाको पक्की संरचना र त्यसमाथि थप पाँच तलाको स्टिलको संरचना बन्ने जनाइएको छ ।
     
    भ्यू टावर निर्माणपछि त्यहाँ विदेशी पर्यटकसमेत भित्रिने भएकाले दमक र समग्र देशकै पर्यटन तथा व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको नगर उपप्रमुख गीता अधिकारीले वताउनुभयो । मन्त्री श्रेष्ठसँंगै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी तथा मन्त्रालय र सम्बन्धित विभागका उच्च अधिकारी संलग्न हुनुहुन्थ्यो । मन्त्री श्रेष्ठसहितको सो टोलीलाई दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनासहित स्थानीयवासीले स्वागत गर्नुभएको थियो । रासस
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार
    • प्रधानमन्त्रीको सचिवालयबाट हटाइए माधव खनाल

    • एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छ: शिक्षामन्त्री

    • भ्रष्टाचार मुद्दामा पक्राउ परेकी इन्सपेक्टर गुरुङलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    • लुम्बिनी सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा

    • आईजीपी पौडेल लुम्बिनीका सीमा नाकाको अनुगमनमा, तस्करीदेखि अबैध गतिविधि नियन्त्रण गर्न निर्देशन

    • एमबीएसको प्रश्न पत्र बाहिरिएको घटना छानबिन गर्न त्रिविले बनायो समिति

    • एमबीएसको प्रश्न पत्र आउट गरेको आरोपमा २ जना पक्राउ 

    • गगन थापाले अन्तिम समयमा किन गरे भारत भ्रमण स्थगित ?

    • प्रदेशसभा विघटनबाट जोगाउन एमालेसँग सहकार्य भएको हो: नारायणकाजी श्रेष्ठ

    • सेनाको ब्याकअपमा बंगलादेशदेखि नेपालमा आगजनी र ज्यानकै क्षति, भारतमा कक्रोचले भोग्यो यस्तो नियति

    सम्पर्क

    आकर्षक मिडिया प्रा. लि.
    अनामनगर मच्छिगल्ली, काठमाडौं
    सुचना तथा प्रसारण विभाग
    १७८०/०७६-७७
    ईमेल: nepalface21@gmail.com
    सम्पर्क नम्बर : ०१-४१०२६८२

    हाम्रो टिम

    अध्यक्ष
    माधव प्रसाद पौडेल

    सम्पादक
    राजुप्रसाद तिमल्सिना

    हाम्रो मिनु
    • समाचार
    • राजनीति
    • देश
    • विचार ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • अर्थ बिजनेस
    • स्वास्थ्य
    • देश
    • खेलकुद
    • मनोरञ्जन
    • तस्विरहरु
    लिंकहरु
    • हाम्रो बारेमा
    • सम्पर्क
    • हाम्रो टिम
    • विज्ञापनका लागि
    • प्रयोगका सर्त
    • सामाजिक संजालमा
    • फेसबुक ट्वीटर युट्युब इन्स्टाग्राम
    logo
    यूनिकोड भिडियो

    © 2026 All right reserved to nepalface.com  | Site By : SobizTrend